दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रधानमन्त्री ओलीका पूर्व स्वकीय सचिव बरुवालको कोरोनाबाट निधन 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व स्वकीय सचिव पुष्पबहादुर बरुवालको निधन भएको छ। 

कोरोना संक्रमण भएर अमेरिकामा उपचाररत बरुवालको गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ। झापा कोरोबारी निवासी बरुवाल महेन्द्र रत्न क्याम्पस ताहाचलका प्राध्यापक तथा पाथिभरा  विकास समितिका अध्यक्ष समेत रहेका थिए। केही वर्षदेखि परिवार अमेरिका रहेका कारण गत वैशाखमा मात्रै अमेरिका पुगेका बरुवाल कोरोना संक्रमित भएर अमेरिकामै उपचाररत थिए। 

बरुवालका आमा, श्रीमती, दुई छोरा छन्।  

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ६ : ४६ बजे