दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आजबाट ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाइँदै, काठमाडौं, भक्तपुर र ललितपुरका यी स्थानमा खोप लगाईदै

काठमाडौँ — सरकारले आजदेखि देशभर कोरोनाविरुद्ध दुई दिने खोप अभियान चलाउँदै छ । चीनबाट अनुदान प्राप्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसलाई पहिलो मात्रा लगाउन लागिएको हो ।

सुरुमा ६० देखि ६५ वर्ष उमेरका सबैलाई खोप लगाउने भनिएकामा संख्या बढ्न सक्ने भएर उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर छनोट गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाउन खोप केन्द्रमा जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज वा सम्बन्धित वडाको सिफारिस लिएर जानुपर्ने बताइएको छ ।

भक्तपुर तालिका
भक्तपुर नगरपालिकाले कोरोनाभाइरस विरुद्धको चीनले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्रा लगाउन ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आग्रह गरेको छ । आफू बसोबार गर्ने वडा नजिकको खोप केन्द्रमा गई स्वास्थ्य मापदण्डको पालना गरी खोप लगाउन आग्रह गरेको हो । भक्तपुर नगरपालिकामा १० वटै वडामा जेठ २५ र २६ गते खोप लगाइँदै छ । खोप मङ्गलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइनेछ ।

भक्तपुर नगरपालिकाले १ वडामा भक्तपुर बहुमुखी क्याम्पस  (दुधपाटी ) ,२ वडामा जनज्योति पुस्तकालय (नःपुखु ) ,वडा ३ मा पद्म स्कुलमा दिने छ भने त्यस्तै ४ वडामा तालाक्व , ५ वडामा भने वडा कार्यालयमै , ६ वडामा ख्वप कलेज (देकोचा) , ७ वडामा महेश्वरी मन्दिर परिसर , ८ वडामा ख्वप इन्जिनियरिङ कलेल (लिवाली) , ९ वडामा दत्तात्रय आधारभूत विद्यालय र १० वडामा भने बक्सिङ प्रशिक्षण हल (कमलविनायमा) खोप केन्द्रहरु रहेको छ ।

ललितपुर तालिका

ललितपुर महानगरपालिकाले २५ र २६ गते नगरवासीलाई चिनियाँ खोप लगाउने भएको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दुई दिन खोप लगाउने तयारी गरेको छ ।

महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाइएको खोप केन्द्रमा नै यस पटक पनि खोप केन्द्र सञ्चालन गर्ने भएको प्रवक्ता महर्जनले जानकारी दिनुभयो। प्रवक्ता महर्जनले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर  मंगलबार र बुधबार खोप लगाउन सकिने जानकारी दिनुभयो । नेपालमा ६० देखि ६४ वर्षका साढे आठ लाख जनसङ्ख्या छ ।

यस्तो छ काठमाडौं उपत्यकाको खोप तालिका

 

 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ६ : ०५ बजे