सुनको मूल्यमा नयाँ कीर्तिमान

वरिष्ठ हाँस्यकलाकार मनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

काठमाडौँ  । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको एन्जिओप्लाष्टि गरिएको छ । मुटुमा समस्या देखिएपछि शनिबार बाँसबारीस्थित शहीद गंगालाल अस्पतालमा भर्ना भएका श्रेष्ठको एन्जिओप्लाष्टि गरिएको हो । 

श्रेष्ठको उपचार इन्टरभेन्स्नल कार्डिओप्लाष्टि डा.धर्मनाथ यादवलगायतको टोलीले गरिरहेको छ । श्रेष्ठले छाति दुखेर अस्पताल लगिएको थियो ।   

चिकित्सकहरुले मुटुबाट रगत सञ्चार गर्ने तीनवटा नसा ब्लक हुने अवस्थामा पुगेकोले एन्जिओप्लाष्टि गरेर नसा खुलाएर हृदयघात हुनबाट जोगाएका थिए । 
यसअघि २२ दिनसम्म अस्पताल बसेर घर फर्किएका थिए । तर, अझै उनमा कोभिड रिपोर्ट पोजेटिभ नै छ । 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ९ : ३३ बजे