सुनको मूल्यमा नयाँ कीर्तिमान

थप ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि ,९२ जनाको मृत्यु

काठमाडौं – नेपालमा आज थप ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घन्टामा १२ हजार २ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ३ सय ७० र ५ हजार ९ सय १ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १ सय २ जना गर्दा कुल  ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।  उक्त अवधिमा थप ६ हजार ९ सय ५१ जना कोरोना संक्रमणबाट निको भई घर फर्किसकेका छन् ।

आज काठमाडाैंमा ७ सय ९०, ललितपुरमा १ सय ९० र भक्तपुरमा १ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ८५ हजार ५४४ रहेको छ  ।

मन्त्रालय अनुसार गत २४ घन्टामा  कोरोना संक्रमणको कारण थप  ९२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ७ हजार ९ सय ९० पुगेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ५ : ५० बजे