दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रधानमन्त्रीबाट विद्यालय भवन शिलान्यास

दमक – प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा रहेका दुई सामुदायिक विद्यालय भवनको आज भर्चुअलरुपमा शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओलीले दमक नगरपालिका–२ स्थित हिमालय मावि र दमक–३ स्थित ढुकुरपानी माविको शिलान्यास गर्नुभएको हो । 

दमक नगरपालिका मार्फत खर्च हुने गरी दुई विद्यालयको भौतिक पूर्वाधार विकासका लागि रु ११ करोड बजेट उपलब्ध भएको छ । नगरप्रमुख रोमनाथ ओलीका अनुसार बढीमा एक वर्षभित्रमा दुवै विद्यालयमा भवन निर्माण गरिसक्नुपर्नेछ । 

यसअघि प्रधानमन्त्री ओलीले दमक बहुमुखी क्याम्पसको सुविधासम्पन्न भवनको पनि भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको थियो । क्यापसको भवन बनाउन सङ्घीय सरकारले रु १० करोड बजेट उपलब्ध गराएको थियो । 

उहाँले दमकका अन्य विद्यालयको भौतिक पूर्वाधार विकासमा पनि सहयोग गर्ने विश्वास व्यक्त गर्दै स्थिति सहज भएपनि दमकमा आउने जानकारी दिनुभयो । शिलान्यासका क्रममा उहाँले जिल्लाकै गौरीगञ्जको स्मार्ट सिटी र दमककै निर्माणाधीन भ्युटावरको प्रगतिका विषयमा चासो राख्नुभएको थियो । 

रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ५ : ४१ बजे