दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कोरोना महामारीको बेला नागरिकलाई बचाउनु नै पहिलो प्राथमिकता : स्वास्थ्य मन्त्री तामाङ्ग

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताउनुभएको छ । आज आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री तामाङले आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको बताउनुभयो । उहाँले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको बताउनुभययो ।

नागरिकलाई बचाउने कुरा सबैभन्दा ठूलो भएकाले अकालमै कोही नेपालीको ज्यान जान नदिने गरी सबै नेपालीको जीवन रक्षा पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउने उहाँको भनाइ थियो । बीर अस्पताललाई कोभिड नियन्त्रणको केन्द्रीय अस्पतालको रुपमा विस्तार गरी सकेको र ७ वटै प्रदेशमा कोभिड नियन्त्रण अस्पताल विस्तार गर्ने तयारीमा मन्त्रालय अघि बढेको जानकारी दिनुभयो । कोरोना भाइरस परीक्षणको दायरा बढाएको र आवस्यक सामाग्री पुग्ने गरी क्षमताले भ्याएसम्म संक्रमण रोक्ने प्रतिवद्धताका मन्त्रीले गर्नुभयो ।

सरकार कोभिड खोप ल्याउनेमै सबै प्रयास जारी राखेको जानकारी दिनुहुँदै स्वास्थ्यमन्त्री तामाङले स्वास्थ्य सुरक्षाको सरकारी मापदण्डको पालना गरिदिन सबैमा आग्रह गर्नुभयो ।

स्वास्थ्यको हिसाबले देशको सबै क्षेत्रमा सुधार गर्न सरकार लागिपरेको जानकारी दिनुहुँदै स्वास्थ्यमन्त्री तामाङले तेस्रो लहरको कोभिडको सामना गर्न पनि सरकारले तयारी गरिरहेको बताउनुभयो । आम नागरिकको स्वास्थ्यमा सहज पहुँच बढाउनेगरी काम भइरहेको उहाँले बताउनुभयो । स्वास्थ्य विमालाई नागरिकको सहज पहुँचमा पुर्याउन पनि काम गरिने उहाँले बताउनुभयो ।

आगामी दिनमा सम्भव भएसम्म जनताको स्वास्थ्य उपचार निःशुल्क गर्नेबारेमा आवश्यक अध्ययन गरिने मन्त्री तामाङले बताउनुभयो । नागरिकलाई बचाउनु नै प्रमुख काम रहेकाले सरकारले अभिभावकको रुपमा त्यो काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । मन्त्रालयबाट हुने हरेक काम पारदर्शीरुपमा गरिने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो ।

“हामीले निष्ठापूर्वक गरिरहेको काममा कतै त्रुटी हुन लाग्यो भने हामीलाई खवरदारी गर्नुहोला, त्यसाकलागि म सचेत नागरिक र मिडियाकर्मीमा आग्रह गर्दछुँ” स्वास्थ्यमन्त्री तामाङले भन्नुभयो, ”म निष्ठापूर्वक काम गर्नेछुँ, आजको काम भोली गरुँला भन्ने छैन । आजको दिन नै अन्तिम दिन हो सोचेर काम गर्नेछुँ ।”

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ४ : ३३ बजे