दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

खोप उपलब्ध गराउन मोदीलाई प्रधानमन्त्री ओलीको आग्रह : ‘नेपाल सुरक्षित नभई भारत जोगिन सक्दैन’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल सुरक्षित नहुँदासम्म भारत पनि कोरोनाको महामारीबाट जोगिन नसक्ने तथ्य बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गर्नुभएको छ ।

बीबीसी हिन्दीलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले नेपाललाई अलग राखेर भारतमा मात्र कोरोना भाइरस महामारी नियन्त्रण हुन नसक्ने प्रष्ट गर्नुभयो ।

नेपाल भारतबीचको सम्बन्ध चिली र अर्जेन्टिनासँगको जस्तो होइन भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भारतमा मात्र नियन्त्रण गर्छु भनेर हुँदैन, नेपालमा पनि नियन्त्रण हुनुपर्छ । किनभने दुबै मुलुकबीच खुला सिमाना छ । बोर्डर सिल गरेपनि मान्छेहरु लुकिछिपी आवतजावत गर्छन् ।’

नेपाल र भारतबीचको सम्बन्ध अरु देशको जस्तो नभएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई आग्रह गर्दै भन्नुभयो, ‘खुला सिमानासहितको छिमेकी र मित्रराष्ट्रको हैसियतमा भारतले नेपाललाई खोपको प्राथमिकतमा अन्य देशजस्तो व्यवहार गर्नुहुँदैन । यी सबै कुरालाई ध्यानमा राखेर मोदीजीले नेपाललाई सहयोग गर्नुपर्छ ।’

 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  २ : ३७ बजे