‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चरित्र हत्या गर्ने सामाग्री नबनाउन साइबर ब्युरो अनुरोध

काठमाडौँ  – प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोले कसै प्रति घृणा र द्वेष फैल्याउने उद्देश्यले फोटो तथा भिडियो बनाउने गतिविधि नगर्न अनुरोध गरेको छ ।

साइबर ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल फेसबुक,  टिकटक, युट्युब लगायतमा फोटोशप, म्युटीलेटको प्रयोग मार्फत व्यक्तिहरूको तस्बिर, भिडियो दुरुपयोग गर्दै कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएको सामग्रीहरूको प्रयोग गर्दै कसै प्रति घृणा र द्वेष फैल्याउने गतिविधि नगर्न सचेत गराएको हो । त्यस्तो कार्य गर्ने व्यक्तिलाई  ब्युरोले कानुन बमोजिम कारबाही गर्दै आएको कुरा समेत विज्ञप्ति मार्फत जनाएको छ ।

ब्युरोले लकडाउनको समयमा सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य, चरित्र हत्या गर्ने उद्देश्यले त्यस्ता सामाग्री प्रकाशन, प्रसारण गरेको पाइएमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारबाही हुने जानकारी गराएको छ ।   

 

 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  २ : ३३ बजे