दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेता भट्टराईद्वारा प्रधानमन्त्री ओलीले जारी गर्नुभएको ६ बुँदे अपिलको स्वागत

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकतवद्ध बनाइराख्न गर्नुभएको ६ बुँदे अपिललाई सकारात्मक रहेको भन्दै स्वागत गर्नुभएको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टी एकतालाई जिवन्त राख्न आफु जेठ ३ मा फर्किन तयार रहेको भन्दै ६ बुँदे अपिल जारी गर्नुभएको छ ।

नेता भट्टराईले सामाजिक सञ्जालमा आफनो धारणा यसरी लेख्नुभएको छ , ‘नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्य मार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुन निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने छ । सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ । सारमा अध्यक्षको बक्तब्यले पार्टीको शिर्स नेत्रित्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्धत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।
 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ६ : २० बजे