दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजको बहस सकिएको छ । रिटहरूमाथिको सुनुवाइमा प्रवेश नै नगरी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायधीसद्वय आनन्दमोहन भट्टराई र दीपकुमार कार्कीको न्यायिक निष्पक्षतामाथि प्रश्न उठेपछि संवैधानिक इजलास मुल मुद्दामा प्रवेश नगरी स्थगित भएको हो।

महान्यायाधिवक्ता रमेश बडाल, पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ता सुशील पन्तलगायत सरकार पक्षका वकिलहरूले भट्टराई र कार्कीबाट न्यायिक निष्पक्षता हुन नसक्ने तर्क गरेपछि ईजलास विवादमा शुरु भएको थयो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए। संवैधानिक इजलासमा न्यायाधीशहर दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ८ : १९ बजे