दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

छ हजार ६३६ कोरोनामुक्त, ९९ को मृत्यु

काठमाडौं ।  नेपालमा कोरोनाभाइरसका तीन हजार २४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण सार्बजनिक गर्न आयोजना गरेको प्रेस ब्रिफिङमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख नाघेको छ । पछिल्लो १५ दिनमा मात्रै एक लाख सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कुल सङ्क्रमित छ लाख एक हजार ६९३ पुगेको बताउनुभयो । 

मन्त्रालयले चौबीस घण्टामा छ हजार ६३६ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म चार लाख ९१ ह्जार नौ जना कोरोनामुक्त भएका हुन् । सोही अबधिमा ९९ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म सात हजार ८९८ जनाको मृत्यु दत्र्ता गरिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ५ : १२ बजे