साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अफगानिस्तानमा बारुदी सुरुङ बिस्फोटमा परेर ११ जनाको मृत्यु

काबुल ।  अफगानिस्तानको उत्तरपश्चिममा एउटा यात्रुबाहक मिनिभ्यानमा सडक किनारामा राखिएको बारुदी सुरुङमा परेर बिस्फोट हुँदा भ्यानमा सवार कम्तीमा ११ जना यात्रुको ज्यान गएको छ ।  

अधिकारीहरुका अनुसार शनिबार भएको उक्त घटनामा मारिनेहरुमा तीन जना बालबालिका समेत रहेका छन् । 
निकै शक्तिशाली बिस्फोटका कारण उक्त मिनिभ्यान सडकबाट खोंचमा झरेको बडघिस प्रान्तीय गभर्नर हेसामुद्दीन शाम्सले बताउनुभयो । उहाँले उद्धारकर्ताहरु घटनास्थलमा पुगेको जानकारी दिनुभयो । 

उक्त बिस्फोटको कसैले पनि जिम्मेवारी लिइसकेका छैनन् तर प्रान्तीय सरकारले तालिबान समूहले सुरक्षा फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याएको आरोप लगाएको छ । तालिबान समूहले भने उक्त घटनाका बारेमा तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ३ : ५६ बजे