दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

उपेन्दको उपस्थितीमा जसपा प्रदेश २  संसदीय दलको नेतामा राउत चयन

जनकपुरधाम ।  राष्ट्रिय जनता पार्टी नेपालका उपेन्द्र यापद पक्षले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ  । जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा सत्ता समिकरणको कसरतमा मुख्यमन्त्री लालबाबु राउतलाई ३६ सांसदको हस्ताक्षरसहित संसदीय दलको नेता चयन गरिएको हो  ।
जनकपुरधाममा चलिरहेको बैठकमा संसदीय दलको नेतामा राउतलाई चयन गरिएको जसपा श्रोतले जनाएको छ । बैठकमा सहभागी जसपाका एक नेताका अनुसार बैठकबाट जनता समाजवादी पार्टीको संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेता चयन गरिएको छ । 

जसपा नेपालको केन्द्रमा महन्थ पक्ष ओली नेतृत्वको सरकारमा सहभागी भएपछि अध्यक्ष उपेन्द्र यादवले आफ्नै उपस्थितिमा बैठक बोलाएर संसदीय दलको विधान र संसदीय दलको नेता चयन गरेका हुन्। 

बैठकमा तत्कालिन समाजवादी पार्टीका ३० जना र तत्कालिन राजपाबाट ६ जना प्रदेशसभा सदस्य गरी ३६ जनाले निर्णयमा हस्ताक्षर गरेको बताइएको छ । 

३६ भन्दा बढी प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आजै प्रदेशसभा सचिवालयमा  लालबाबु राउत चयन गरिएको जानकारी प्रदेशसभा सचिवालयमा दिने तयारी छ । 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ३ : ०६ बजे