दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

महान्यायाधिवक्ताको प्रश्न : इजलासमा बस्दिनँ भन्ने न्यायाधीश नै किन दोहरिए  ? 

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासबाट बाहिरिन आग्रह गर्नुभएको छ  । 

जेठ १८ गते दुवै न्यायाधीशले दिएको रायले सरकारी पक्षलाई निष्पक्ष न्याय सम्पादन हुनेमा आशंका उब्जिएको भन्दै महान्यायाधिवक्ता बडालले उक्त आग्रह गर्नुभएको हो  ।

गत फागुन २३ गते नेकपा नाम सम्बन्धि मुद्दाको फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसको पुनरावलोकन नदिने इजलासमा सहभागी न्यायाधीश तेजबहादुर केसीले संवैधानिक इजलास छोड्नुपर्ने भनेर जेठ १८ गते न्यायाधीशद्वय कार्की र भट्टराईले राय पेस गरेका गर्नुभएको थियो  ।

केसी र श्रेष्ठले इजलासबाट बाहिरिन नमानेपछि कार्की र भट्टराईले इजलास छोड्नुभएको थियो । महान्यायाधिवक्ता बडालले यसअघि इजलासमा नबस्ने भनेका न्यायाधीश किन दोहरिए भनेर प्रश्न गर्नुभयाे । यसअघिका न्यायाधीश किन हटाइयो, बस्दिनँ भनेकालाई किन राखियो ? बडालकाे प्रश्न थियाे । 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १ : ५२ बजे