साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गोली प्रहारबाट मेडिकल संचालक घाइते

सिरहा  – मिर्चैया नगरपालिका-५ स्थित शिवजी मेडिकलका संचालक सोही ठाउँ बस्ने ४० वर्षीय राम सागर साफी अपरिचित व्यक्तिको गोली प्रहारबाट शनिबार साँझ घाइते भएका छन् ।

उक्त मेडिकलमा बत्ती गएको अवस्थामा अपरिचित व्यक्तिहरुले २ राउण्ड गोली प्रहार गर्दा साफी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि मंगलम अस्पताल मिर्चैया पठाइएको छ । घाइते साफीको अवस्था मध्यम रहेको छ ।

घटनामा संलग्न व्यक्तिहरुको खोजतलासको क्रममा सोही ठाउँ बस्ने शंकास्पद २ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १ : ३८ बजे