सुनको मूल्यमा नयाँ कीर्तिमान

ललिता निवास जग्गा प्रकरणः ४९ जनाविरुद्ध २१ दिने सूचना, जग्गा सरकारीकरण गरिँदै

काठमाडौं । बालुवाटारको ललिता निवासस्थित जग्गा प्रकरणमा भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौंले पुर्जा लिएका ४९ जना जग्गा धनीलाई २१ दिने अन्तिम सूचना जारी गरेको छ ।

आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै मालपोत कार्यालयले २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेशअनुसार ती ४९ जनाको घरमा सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा २१ दिने सूचना जारी गरिएको जनाएको छ ।

मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र पेश गर्न भनेको छ । अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने बताइएको छ ।

 

 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १० : ४४ बजे