‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

संसद् विघटन विरुद्धको मुद्दामा सुनुवाइ गर्न संवैधानिक इजलास बस्दै 

काठमाडौं । संसद विघटन विरुद्धको मुद्दामा सुनुवाइ गर्न आज सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्दै छ ।

संवैधानिक इजलासका लागि आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताका आधारमा नयाँ न्यायाधीश चयन गर्ने सम्भावना रहेको छ ।

जेठ २४ गते गठन गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित हुँदै आएको थियो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विवाद आएपछि प्रधान्यायाधीश जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने जानकारी दिँदै आजको लागि विवादको सुनुवाइका लागि पेशी तोक्नुभएको थियो ।

नेपालको संविधानमा सर्वोच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएका देखिएमा त्यस्तो मुद्दा हेर्ने गरी प्रधानन्यायाधीशले संवैधानिक इजलासमा न्यायाधीश तोक्ने व्यवस्था छ ।  इजलास सञ्चालन गर्न संविधानले सर्वोच्च अदालतलाई अधिकार दिएको छ ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ८ : ४३ बजे