दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

राष्ट्रिय एकता अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु, कसैलाई भ्रम नरहोस : राजेन्द्र महतो

काठमाडौं । उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको बताउनुभएको छ । मन्त्री भएलगत्तै शुक्रबार कार्यभार सम्हाल्दै उहाँले बहुल राज्यको कुरा उठाएपछि त्यसको चौतर्फी बिरोध भएको थियो । मन्त्री महतोले गएराति प्रेस विज्ञप्ति निकालेर आफ्ना भनाइ बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार भएकोमा ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु। यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु ।’ 

यस्तो छ विज्ञप्ति :

 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ६ : ५३ बजे