सुनको मूल्यमा नयाँ कीर्तिमान

आठ हजार २४३ कोरोनामुक्त, ६८ को मृत्यु

काठमाडौं । पछिल्लो चौबीस घण्टामा आठ हजार २४३ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा आठ हजारभन्दा बढी कोरोनामुक्त भएसँगै नेपालमा हालसम्म चार लाख ८४ हजार ३७३ जना निको भएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४० जनामा सङ्क्रमणको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ८५ हजार १०० पुगेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६८ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म सात हजार ७९९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ६ : २९ बजे