दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति भण्डारीद्धारा बृक्षारोपण (फोटो फिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा  बृक्षारोपण गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीले समी प्रजातिको बिरुवा रोपेर बृक्षारोपणको शुभारम्भ गर्नुभएको हो । वातावरण दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा समी, पारिजात, हर्रो, हलुवावेद, टिमुर लगायत ७५ प्रजातिका बिरुवा रोपिएको राष्ट्रपतिका स्वकिय सचिव डा. भेषराज अधिकारीले चक्रपथलाई बताउनुभयो । राष्ट्रपति भण्डारीले हरेक वर्ष विश्व वातावरण दिवसको अवसरमा विभिन्न प्रजातिका विरुवा रोप्दै आउनुभएको छ ।

    तस्विर : सुनिल बज्राचार्य/राष्ट्रपतिको सचिवालय

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ४ : ५७ बजे