साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सिंहदरवारमा बस्यो महन्थ ठाकुर पक्ष सांसदहरुको बैठक 

काठमाडौं । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरुको बैठक बोलाउनुभएको छ ।  आन्तरिक विवाद बढ्दै गएपछि अध्यक्ष ठाकुरले आफ्नो पक्षको रणनीति बनाउनका लागि तत्कालीन राजपा नेपालका सांसदहरुको बैठक बोलाउनुभएको हो ।  

बैठक पूर्वराजपा नेपालको संसदीय दलको कार्यालयको बैठक कक्षमा बसिरहेको हो । 
ठाकुर केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा हुनुहुन्छ भने सोही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव ओलीलाई समर्थन गर्न नहुने पक्षमा रहेनुभएको छ ।

गत मंगलवार प्रधानमन्त्री अ‍ोलीसँग छलफल गरेपछि अध्यक्ष ठाकुरले माग पुरा भएपछि लिखित सहमति जनाउने प्रतिवद्धता जनाइ सकेको कारण त्यसको बारेमा रणनीति बनाउन आफ्ना पक्षका सांसदसँग छलफल गर्न लागि भएको बताइएको छ । 
सिंहदरबारमा जारी बैठकमा तत्कालीन राजपा नेपालकै सांसद महेन्द्र राय यादवलाई भने बोलाइएको छैन । महेन्द्रराय यादव उपेन्द्र यादवको पक्षमा गइसकेका हुनाले उहाँलाई बैठकमा नबोलाएको स्रोतले जनाएको छ । 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ३ : ३१ बजे