दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

राजेन्द्र महत्तोको नेतृत्वमा जसपा सरकारमा जादै, साँझ ८ बजे शपथ

काठमाडौं । जनता समाजवादी पार्टी सरकारमा जाने टुंगो भएको छ । जसपाको महन्त ठाकुरपक्षका राजेन्द्र महतोको टीम सरकारमा जाने भएको हो ।

जस अन्र्तगत राजेन्द्र महत्तोलाई  उपप्रधान सहित शहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको बुझिएको छ । अनिल झा खानेपानी तथा सरसफाई मन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्रीमा शरदसिंह भण्डारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव श्रम, रोजगार, तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मिया युवा तथा खेलकूद, चन्द्रकान्त चौधरी उर्जाराज्य मन्त्री र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री बन्ने पक्का भएको स्रोतले जनाएको छ । नवनियुक्त मन्त्रीहरुको आजै साँझ ८ बजे शपथ ग्रहणको तयारी गरिएको शितल निवास स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ५ : ५० बजे