दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

कारवाही फिर्ताको माग गर्दै सांसद थापा सर्वोच्च अदालतमा

पोखरा । गण्डकी प्रदेशको सांसदबाट  हटाइएक का जनमोर्चाका कृष्ण थापा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको  छ  । गलत तरिकाबाट आफूलाई सांसदबाट हटाइएको भन्दै सांसद थापाले पार्टी कारबाही फिर्ताका लागि सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । 

जनमोर्चाले बिहीबार उहाँलाई सांसदबाट हटाउन प्रदेशसभा सचिवालय र सभामुख नेत्रनाथ अधिकारीलाई पत्र पठाएपछि उहाँलाई सांसदबाट हटाइएको पार्टीको पत्र सभामुखले पढेर सुनाउनुभएको थियो  । 

शुक्रबार सांसद थापाको तर्फबाट सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, लगायतका कानुन व्यवसायीले रिट दर्ता गराउनुभएको हो  ।  रिटमा सांसद पद खारेजी गैरकानुनी तवरबाट भएको भन्दै खारेजीको माग गरिएको छ । 
काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन दाबी पत्रमा थापाले हस्ताक्षर गर्न नमान्दा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ नै दोहोरिनु भएको थियो ।  

निर्वाचनमा नेकपा एमालेसँग कार्यगत एकता गरि विजयी बन्नु भएका थापाले जनमत विपरित नजानेभन्दै अडान लिइरहनुभएको थियो । जनर्मोर्चाले पोखरेललाई मुख्यमन्त्री बनाउन एक घण्टाको पनि समय नदिइ स्पष्टिकरण मागेको थियो ।  गुरुङ मुख्यमन्त्री दोहोरिएपछि चुपचाप देखिएको  जनमोर्चाको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले थापालाई सांसद पदबाट निलम्बन गरेको जनाएको थियो  ।

पार्टीले कारबाही गरेको पत्र जनमोर्चा महासचिव मनोज भट्ट र सांसद पियारी थापाले प्रदेशसभा सचिवालयमा दर्ता गराएकी थिइन् । गण्डकी प्रदेशमा जनमोर्चाका तीन सांसद हुनुुहन्छ । यहाँ सरकार बनाउने र गिराउनमा जनमोर्चा नै निर्णायक रहेको छ । जनमोर्चाको समर्थन विना एमाले वा काँग्रेस कसैको नेतृत्वमा पनि सरकार बन्न सक्ने अवस्था छैन । मुख्यमन्त्री गुरुङलाई थापाले विश्वासको मत दिए विपक्षी गठबन्धनको योजना विफल हुने भएसँगै थापामाथि कार्वाही गरी संसद पदबाट हटाइएको हो । 

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ३ : ५० बजे