साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नुवाकोट एमालेको पार्टी कार्यालय तोडफोड गर्न माधव पक्षद्वारा वाइसिएलको प्रयोग

 नुवाकोट । नेकपा एमाले नुवाकोटको पार्टी कार्यालय तोडफोड भएको छ । एमाले नुवाकोटका पूर्व अध्यक्ष नारायण खतिवडाले केही वाइसियल समेत लिएर एमाले पार्टी कार्यालय तोडफोड गरेएको आरोप छ ।

खतिवडाले पार्टी कार्यालयभित्र पसी बद्री मैनाली अध्यक्ष लेखेको बोर्ड फालेर टेबुलमा लाताले हान्दै हिडेका थिए ।

 खतिवडाले पार्टीै कार्यालयको ताला फुटाएर केही बेर कार्यालयमा प्रवेश गरे पनि पाँचमिनेटमै भागेका थिए ।  उनीसँगै रहेका कार्यकर्ताले पार्टी कार्यालयको रेलिङ समेत भाँचेको बताइन्छ ।   

 एमालेका नेता कार्यकर्ताले प्रतिकार गर्न खोजेपछि खतिवडा भागेर अहिले सतान्चुली होटलमा बसिरहेका छन् ।

घटनाको बारेमा चासो राख्नदा नेकपा एमाले नुवाकोटका सचिव काशिराज अधिकारीले पार्टी कार्यालय फुटाएको विषयमा कानुनी उपचार खोज्ने जानकारी दिनुभयो । सचिव अधिकारीले अपराधिक मनोवृति भएकाहरूले कार्यालयमा आक्रमण गरेको भन्दै प्रतिकार हुनेभएपछि डरले भागेको बताउनुभयो । अहिले एमालेको कार्यालयमा व्यपक प्रहरी तैनाथ गरिएको छ । सम्भावति दुर्घटना हुन नदिन पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ३ : ०८ बजे