‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्नुभएको छ ।

शुक्रबार गठित इजलासमा जबरासहित न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ ।  

अस्वस्थ रहेका कारण विश्वम्भर श्रेष्ठको  ठाउँमा ईश्वरप्रसाद खतिवडालाई ल्याइएको हो।

गठन भएको इजलाशले आजै नागरिकता विधेयकसम्बन्धी रिटमा सुनुवाइ गर्ने छ।नागरिकता अध्यादेशविरुद्धका ६ वट रिटमा अहिले संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

संसद विघटनको मुद्दामा भने आइतबारदेखि सुनुवाइ हुनेछ। संसद् विघटनको मुद्दा पनि यही इजलासले हेर्ने हो होइन निश्चित छैन।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  १ : ३४ बजे