काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक आज बस्दै छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाउनुभएको हो । पूर्ण बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनको विषय प्रवेश पाउने अपेक्षा गरिएको छ ।
पछिल्लो पटक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिशनका पदाधिकारीबीच संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन लगायतबारे सहमति भएको थियो । सुंवैधानिक इजलास गठनपछि विवाद भएपछि हालै वरिष्ठतम न्यायाधीश रहनेगरि नियमावली संशोधनमा सहमति भएको थियो । उक्त सहमति अनुसार नियमावली संशोधनको प्रंक्रिया पूर्ण बैठक (फूलकोर्ट) बाट अघि बढ्नेछ ।
प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार ६ : ५६ बजे
प्रतिक्रिया