साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सेयर बजारले बनायो नयाँ कीर्तिमान

काठमाडाैँ –  नेपालको सेयर बजार आज २९ अंकले वृद्दि भएको छ। सेयर बजार २९ अंकले बढेपछि नेप्से आज २८५६ को उचाईमा पुगेको हो।

आज सेयर बजारमा ३ करोड ४६ लाख कित्ता सेयर किनबेच भएको छ भने १६ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ। आज भएको कारोबार हालसम्मकै उच्च कारोबार हो भने नेप्से पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेप्सेमा आज बैंकिङ समूह ५०.२५ अंक, होटेल तथा पर्यटन ११७.११, डेभलपमेन्ट बैंक १४६.०२, फाइनान्स ६२.८५, उत्पादक तथा प्रशोधन ७१.२४, माइक्रोफाइनान्स ४०.३५, जीवन बीमा ५.१२, म्युचुअल फण्ड ०.१९ र लगानी समूह ०.०७ अंकले वृद्धि भएको छ । त्यस्तै व्यापार समूह ९.६८ अंक, जलविद्युत ६०.०३, निर्जीवन बीमा ११३.३ र अन्य १५.९१ अंकले घटेको छ ।

आज सबैभन्दा बढी सेयर कारोबार गर्नेमा नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब २ करोड ७० लाख २७ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो स्थानमा छिमेकी लघुवित्त विकास बैंकले ६८ करोड १६ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ४ : ४२ बजे