साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

भक्तपुर – १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका- ८ गणेश मन्दिर बस्ने ४९ वर्षीय चुलाई मुखियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मुखियाले ती बालिकालाई २०७७ पुस ११ गते भक्तपुर नगरपालिका-१ सल्लाघारीमा यौन दुर्व्यवहार गरेको भन्ने खबर बुधबार प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ३ : ५६ बजे