साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छैन : डब्लूएचओ

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट नभेटिएको बताएको छ । 

बेलायती ट्याब्लोइड अखबार डेली मेलले  बिहीबारको संस्करणमा ‘नेपाल भेरियन्ट थ्रेट टु आवर होलिडेज’ भन्दै कभरमै समाचार प्रकाशित गरेपछि  डब्लूएचओले उक्त कुरा सत्य नभएको भन्दै खण्डन गरेको हो ।  डेली मेलले  समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख गरेको थियो । 

समाचारमा डेली मेलले पोर्चुगलमा नेपाल भेरियन्ट भेटिएको र त्यसै कारण बेलायती सरकारले पोर्चुगललाई ग्रीन जोनबाट हटाउन सक्ने  उल्लेख गरेको थियो । नेपालमा उत्परिवर्तित भएको कोरोना भाइरस युरोपेली मुलुकमा फैलिएकाले बेलायतबाट घुम्न जानेहरुलाई चुनौती थपिएको डेली मेलको दाबी छ । डब्लूएचओले भने नेपालमा नयाँ स्वरूपमा कोरोना भाइरस फैलिएको बारे कुनै जानकारी नभएको जनाएको छ ।  

सामाजिक सञ्‍जालमा डब्लुएचओ नेपाल कार्यालयले  लेखेको छ – 'नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु अल्फा (बी.१.१.७) , डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।'

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ३ : ३५ बजे