साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

राष्ट्रपतिको सकारात्मक पहलकदमीमा बक्रदृष्टि किन ? 

कविता अधिकारी

कठमाडौं । देश कोराना महामारीकाकारण बन्दावन्दीको अवस्थामा छ । यही भाइरसका कारण हामीले दैनिक सयभन्दा बढी देशका होनाहार जनशक्ति गुमाइ रहेका छौ  । यतिबेला देश चुनौतिपुर्ण अवस्थामा छ । यो समयमा जसले जहाँबाट सकिन्छ, त्यहीबाट महामारीविरुद्ध लडनु पर्ने अहिलेको आवश्यकता हो । यो अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारी पनि चुप लागेर बस्नु भएन । खोपको अभावमा भौतारिएका जनतालाई राहत दिन उहाँले विभिन्न देशका राष्ट्रप्रमुखलाई टेलिफोन वार्ता त कसैलाई पत्राचार मार्फत सहयोगको आग्रह गर्नुभयो । राष्ट्रपतिले गर्नुभएको आग्रहका कारण चीनले १० लाख डोज खोप नेपाल पठाउने निर्णय गरयो र हिजो ९ लाख डोज खोप नेपाल आईपुग्यो ।  

तर राष्ट्रपति आफैले खोेप ल्याउनका लागि गर्नुभएको अग्रसरतालाई भने यो महामारीको लडाँईमा सिन्कोसम्म नभाँचेका केही स्वनामधन्य व्यक्तिहरुले विरोध गर्न खोजेको पाईयो । महामारीको समयमा राष्ट्रपतिले गर्नु भएको यो पहलकदमीलाई सवैधानिक विषय बनाउन खोजियो, जुन आफैमा हांस्यास्पद कुरा हो । केहीे राजनीतिका नाममा अराजकता मच्चाउने मानिसहरुले  प्रधानमन्त्रीले गनुपर्ने काम राष्ट्रपतिले किन गरेको भन्दै प्रश्न गरेका छन् । 

यतिवेला नागरिकको जीवन रक्षा पहिलो कुरा हो । अहिलेको यस्तो महामारीको अवस्थामा नागरिकको ज्यान बचाउन गरिएको पहललाई नानाथरी टिप्पणी गर्नु पक्कै पनि राम्रो होइन । जसरी हुन्छ आफ्ना देशका जनताको जीवन रक्षाका लागि राष्ट्रध्यक्षले लिनु भएको पहलकदमी ज्यादै नै सराहनीय छ । प्रधानमन्त्रीले किन नगरेको र राष्ट्रपतिले किन गरेको भन्ने सवाल जुन छ, अहिलेको अवस्थामा राष्ट्रप्रमुखको प्रयोग उच्चतम कुटनीतिक प्रयोग हो र यस्तो प्रयोग खास बेलामा हुने गरेको छ । महामारी भनेको विषेश परिस्थीति हो । यस्तो बेला जस्ले जहाँवाट सक्छ यो महामारीका विरुद्ध लडनु सवैको कर्तव्य हो । यसकालागि देशले सवैको भुमिकाको माग गरेको छ । यो पहल शेर बहादुर देउवाले, बाबुराम र प्रचण्डले गरेपनि हुन्छ । तर आफु केही नगर्ने, अनि अरुले गरेको पहललाई औंलो उठाउने अधिकार कसैलाई छैन । महामारी विरुद्धको लडाँइमा राष्ट्रपतिले गरेको यो पहलकदमीका विरुद्ध पनि यी नेताहरुले राजनीति गर्न खोज्नु भएको हो भने जनताको नजरमा तपाई नै गिर्ने हो । राजनीति गर्ने अरु धेरै उपाय र विषयहरु छन, तर यस्तो संवेदनशील विषयमा अराजक टिप्पणी गर्न तपाईलाई सुहाँउदैन । 

नेताले जनताका लागि राजनीति गर्ने भन्ने अनि आपत्त विपतमा आफु केही गर्न नसक्ने ? राष्ट्रपतिले गरेको आग्रहलाई भीख भन्ने ? तर तपार्ईले भनेको भीख जनताकालागि अमृत समान छ । जनताको जीवन रक्षाकोलागि राष्ट्रपतिले भीख होइन, अमृत माग्नु भएको हो, तपाईले यो कुरा बुझन आवश्यक छ । अहिले नेपालको यो बिषम परिस्थितिमा खाडीक्षेत्रमा काम गर्ने हाम्रा नेपालीहरु आफ्नो गाँस काटेर सहयोग गरिरहेको अवस्थामा तपाई केही पनि नगर्ने अनि अरुले गरेको कामको आलोचना र विरोधकालागि विरोध गर्ने तपाईको यो बानीले तपाईको कद घटेको तपाईलाई थाहा नहुन सक्छ ।  

विरोधकालागि जुनसुकै बिषयमा पनि विरोध गर्ने हामीकहाँ एउटा जमात छ । यो समयमा राष्ट्रपतिले सहयोगका लागि पहल नगरेको भए राष्ट्रपतिले केही गरिनन भन्दै राष्ट्रपतिलाई गाली गर्ने पनि यही जमात हुनसक्थ्यो । अहिले जनतालाई खोप चाहिएको छ  । खोप कस्ले ल्यायो ? कहाँबाट आयो ? कुन टीमले ल्यायो ? प्रोटोकल पुग्यो या पुगेनसँग नेपाली जनतालाई केही चासो छैन ।  राम्रो काम जसले गरेनी हुन्छ  । स्वास्थ्य जस्तो सम्वेनदशील कुरामा राजनीतिक रंङ्गले हेर्नु र आलोचना गर्न सुहाउने कुरा होइन् । रास्ट्रपतिले पहल गर्दा अझै छिटो र छरितो ढंगले भ्याक्सिन आउँछ, आइरहेको छ र जनताले लगाउन पाउँछन्, जनता खुसी छन भने अरुलाई यसमा किन टाउँको दुखाई ? राम्रो कामको मुल्यांकन गरौ, राम्रोलाई राम्रो भन्ने संस्कारको विकास गरौ । नराम्रो कामको बिरोध गरौ । आफु केही गर्न नसक्ने र गर्न खोज्नेको बिरोधमात्र गर्ने नकारात्मक सोच दिमागबाट हटाउन जरुरी छ । यतिखेर जनता उपचार नपाएर, खोप नपाएर भौतारिरहेका छन् । अहिलेको पहिलो प्राथमिकता भनेको नै जनता बचाउँनु हो । यहाँ मर्यादा भन्दा ठुला जनता हुन् । जनताको पक्षमा गरिएका कामहरुको सम्मान गर्न सिकौँ । संकटको यो घडीमा राष्ट्रपतिले निभाउनुभएको अविभावकीय भूमिकाको प्रसंसा गरौं ।
 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  २ : ५३ बजे