दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

एमाले स्थायी कमिटी बैठक बस्दै 

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । 

बुधवारका लागि पनि तय गरिएको एमाले स्थायी कमिटी बैठक गृहकार्य नपुगेको भन्दै आज ४ बजेका लागि सारिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ः०० बजे बस्ने बैठकमा पार्टीको केही असन्तुष्ट नेताहरुसँगको छलफल तथा त्यसको प्रगति र समसामयिक राजनीतिक अन्य विषयमा छलफल हुने बताइएको छ ।

नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अहिले केही बेरमा भर्चुअल माध्यमबाट बस्दै छ ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ११ : २६ बजे