दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

नयाँ पार्टी खोल्न तयार छौं : माधव नेपाल

काठमाडौँ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ पार्टी गठनको प्रकियाबाट आफू पछि नहटेको बताएका छन्। एमालेबाट निष्कासित भएपछि पहिलोपटक आफूनिकट जनवर्गीय संगठनका नेताहरूसँग भर्चुअल बैठक बस्दै उनले यस्तो धारणा राखेका हुन्। सहभागी एक नेताका अनुसार आत्मसमर्पण कि विद्रोह भन्ने दुई लाइनमध्ये विद्रोह उचित हुने सुझाव दिएका थिए। नेता नेपालले दोस्रो पुस्ताका नेताहरूले ओलीपक्षसँग गरिरहेको वार्ताप्रति पनि घुमाउरो रूपले असन्तुष्टि जनाएका छन्।

नेपालले आफूले पार्टी एकताका लागि वैशाख २६ मा अघि सारेको ६ बुँदा मान्ने र प्रतिनिधिसभा विघटन प्रतिगमन भाग २ हो भनेर स्वीकार गरेको अवस्थामा मात्र ओलीसँग एकता हुने बताएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ८ : ५२ बजे