सुनको मूल्यमा नयाँ कीर्तिमान

थप ५३१६ जनामा संक्रमण पुष्टि, १०१ जनाको मृत्यु

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जना गरि कुल ५३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।  उक्त अवधिमा ७२१९ जना संक्रमित उपचार पश्चात निको भई घर फर्केका छन् । 

त्यस्तै, आज काठमाडौँ जिल्लामा  ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ४ : ५९ बजे