दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि ४ बजे बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक भोली ४ बजेका लागि सारिएको नेता सुवास नेम्वाङ्गले जानकारी गराउनुभयो ।

नेता माधवकुमार नेपाल पक्षका केही नेताहरुसँगको आन्तरिक परामर्श र छलफल जारी रहेको तथा बैठकको अन्य एजेण्डाबारेमा आन्तरिक गृहकार्य पूरा हुन नसकेपछि भोलीका लागि बैठक सारिएको नेताहरुले बताएका छन् ।  मंगलवारको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्न हदैसम्म लचिलो बन्ने र अर्को पक्षले अनुशासनहीन गतिबिधि जारी राखे पनि एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय लिएको थियो ।

यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।

यसअघि एमाले संस्थापन पक्षले  वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ४ : ०५ बजे