सुनको मूल्यमा नयाँ कीर्तिमान

 ढिस्कोमा पुरिएर काठमाडौंमा दुई जनाको मृत्यु

काठमाडौं । चन्द्रागिरि नगरपालिका पुरानो नैकापमा ढिस्कोमा पुरिएर  दुई जनाको मृत्यु भएको छ।

नैकापको कंकाली भन्ने ठाउँमा जग्गा प्लटिङको काम गर्दा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको हो ।  उदयुपर बेल्लका नगरपालिकाकी ३५ वर्षीया सीता राई र मकवानपुर रासिङका अन्दाजी १८ वर्षीय टेकबहादुर चेतापङको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा दुई जना घाइते भएका छन्। घाइतेको मनमोहन अस्पतालमा उपचार भइरहेको छ। पर्खालले थिचेर घाइते हुनेमा उदयपुरका मिलन तामाङ र  धादिङका हरि घले रहेको प्रहरीले जनाएका छन्।

 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ३ : २२ बजे