‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

उपत्यकाको निषेधाज्ञा जेठ ३१ सम्म लम्बियो

काठमाडौँ  – काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि पुनः थप गरिएको छ ।

उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जेठ २० गते सम्म कायम भएको निषेधाज्ञाको अवधि अब जेठ ३० गते सम्म लागु हुने भएको छ।

प्रशासनले उपत्यकामा जेठ २० गते सम्म खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरेको थियो भने अब पुनः खोल्न दिने निर्णय गरेको छ । अब जेठ २१ बाट सबै खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर, स्टेसनरी, तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न पाउने निर्णय गरेको छ। त्यस्तै निजी तथा सार्वजनिक निर्माणको काम पनि बिहान ९ बजेसम्म संचालन गर्न पाइने छ ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको हुनाले निषेधाज्ञालाई केहि सहज बनाए पनि प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा तत्काल हटाउन नसकिने निष्कर्ष निकालेको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  १ : ५० बजे