दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

श्रीमानबाट जलाइएकी लक्ष्मीको अवस्थाका बुझदै महिला आयोगका अध्यक्ष पराजुली

कठमाडौं । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले   डोटीमा मट्टीतेल खन्याई जलाइएकी लक्ष्मी भाटको अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।  
एक साता अगाडि श्रीमानद्वारा जलाईएकी भाट र उहाँकी छोेरीको कीर्र्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ ।  
आयोगका अध्यक्षसँग अस्पतालमा भएको भेटमा पीडित लक्ष्मीले आफु र  नाबालक छोरीलाई आगो लगाई ज्यान मार्ने प्रयास गर्ने  आरोपित पति सन्तोष भाटलाई जन्मकैदको सजायको माग गर्नुभएको छ । डोटी जिल्ला आदर्श गाउँपालिका वडा– ४  बस्ने वर्ष २८ की लक्ष्मी भाटलाई दुई वर्षको छोरी अञ्जु भाट समेतलाई आफ्नै श्रीमान सन्तोष पन्तले ढोका बन्द गरी मट्टीतेल खन्याएर जलाएर सख्त घाइते बनाएका थिए ।   स्थानिय अस्पतालमा भाटको उपचार हुन नसकेपछि  गृह मन्त्रालय र सम्बन्धित क्षेत्रका जनप्रतिनिधि समेतको समन्वय र पहलमा घाइते लक्ष्मी र उनकी छोरीलाई हेलिकप्टरमार्फत उपचारको लागि सोमवार काठमाडौँ ल्याई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो । 
आयोगका  अध्यक्ष पराजुलीले यस सम्वन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग वार्ता गरी दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन यस अघि नै आग्रह गरिसकेको बताउनुभएको छ ।
उहाँले यस घटनाले महिला घरभित्रै आफ्नै परिवारबाट सुरक्षित नभएको अवस्था देखाएको भन्दै पीडकले हदैसम्मको सजायँ पाउनुपर्नेमा जोड दिनुभयो । 
साथै निषेधाज्ञाका कारण धेरै महिला घरभित्रै बस्नुपर्ने, रोजगारी गुमेको कारण आफ्नै नजिकका नातेदार, श्रीमान परिवारबाट हिंसामा परिरहेको जानकारी दिनुभयो । 
आयोगद्वारा सञ्चालित हेल्पलाइन ११४५ पनि हरेक दिन लैङ्गिक हिंसाको गुनासो, उजुरी बढिरहेको भन्दै अध्यक्ष पराजुलीले लैङ्गिक हिंसामा संलग्न हुनेलाई आयोगले  कानुनको दायरामा ल्याउन र हिंसा हुन नदिन भर्चुअल माध्यमबाट  विविध कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  १ : ०७ बजे