साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बाघको छाला सहित पक्राउ

अछाम – कमलबजार नगरपालिका-८ ढाकु बस्ने ५० वर्षीय विष्णु बहादुर बिष्टलाई १ थान बाघको छाला सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा बाघको छाला लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उक्त बाघको छाला सहित फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  १२ : ५९ बजे