साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अध्यक्ष ओली र नेता नेपाल बीच आजपनि भेटवार्ता हुँने

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल बीच आज पनि भेटवार्ता हुँदैछ । 

बुधवार साँझ नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच भेटवार्ता भएको थियो ।  बुधबार  मेरियटको कोठा नम्बर ९०१ मा भेट भएको थियो । आज पनि त्यहिँ दोस्रो चरणको भेट हुनेछ । 

आज पनि होटल मेरियटमा दिउँसो दुई बजेपछि  भेटवार्ता हुन लागेको हो । अध्यक्ष ओलीसँग भेट्नुअघि माधव नेपालले आफूनिकट नेताहरूसँग बुधबारको वार्ताको ब्रिफिङ गर्नुभएको छ । चार महिनादेखिको संवादहीनता तोड्दै दुई शीर्ष नेता वार्तामा बस्नुभएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १ : ४१ बजे