सुनको मूल्यमा नयाँ कीर्तिमान

म्याग्दी अन्नपूर्णकी महिला तनहुँमा मृत फेला

तनहुँ । म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । 

तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । 

हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । स्थानीयवासीले बेवारिसे अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरी निरीक्षक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।  

पर्वतको महाशिला गाउँपालिकामा मृत चितुवा फेला
पर्वत:
पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ ।

महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो । अन्दाजी दुई/तीन वर्षको उमेरको जस्तै  देखिने चितुवा के कारणले मर्यो भन्ने खुलेको छैन ।
 
मृत चितुवालाई सव डिभिजन वन कार्यालय लुंखुदेउराली, स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा वन कार्यालयको परिसरमा खाडलमा पुरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ९ : १२ बजे