रुपन्देही । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन अघि सत्तारूढ नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
लुम्बिनी प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनका विषयमा योजना बनाउन सत्तारूढ नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
आज दिउँसो १ः०० बजेदेखि सुरु हुने प्रदेश सभामा बैठकमा दलीय धारणा तय गर्न ८:०० बजे दलको बैठक बोलाइएको प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिनुभयो ।
एमाले संसदीय दलको बैठकमा १७ जेठमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा विपक्षी उम्मेदवारलाई मत दिएका दुई सांसदका विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार ७ : ५३ बजे
प्रतिक्रिया