दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

विवेकशील पार्टीका संस्थापक उज्वल थापाको निधन

काठमाडौँ– विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधन भएको छ । कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

कोरोना संक्रमणको पछिल्लो रिपोर्ट नेगेटिभ आए पनि उनको आज अपराह्न ४ : २५ बजे निधन भएको परिवार तथा शुभेच्छुकहरुले सार्वजनिक पत्रमार्फत जानकारी गराएका छन् । भेन्टिलेटरमा राखेर इक्मो प्रविधिबाट उपचार भइरहे पनि स्वास्थ्यमा सुधार आउन सकेको थिएन । थापा ४४ वर्षका थिए । दुई साताअघि कोरोना संक्रमित बनेका थापाको यसअघि ग्राण्डी अस्पतालमा उपचार भएको थियो ।

विज्ञप्ति जारी गर्दै अस्पतालले थापाको निधन भएको पुष्टि गरेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ६ : १६ बजे