‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

हुम्लामा व्यापक हिमपात, काठमाण्डौसहित देशका केही स्थानमा वर्षा

हुम्ला  । हुम्लाको उच्च हिमाली भेगमा हिमपात भएको छ भने मध्य र दक्षिणी भेगमा वर्षा भएको छ । उत्तरी नाम्खा गाउँपालिका लिमिको हल्जी, जाँङ, तिल, चाला, हिल्सा लगयातका क्षेत्रमा हिजोदेखि नै हिमपात भएको हो ।

सदरमुकाम सिमकोट बिहिवारदेखि हिमपात भएको छ । हिमपात हुदाँ नेपालगञ्ज, सुर्खेतबाट नियमित उडान भर्न निजि कम्पनीका हवाई उडान प्रभावित भएका छन् ।

वर्षा र हिमपातका कारण बुधबारदेखि उडान प्रभावित भएका हुन् । हिमपातले जिल्लाका कृषकहरू भने हर्षित बनेका छन् । खेतबारीमा छरेको अन्नवालि राम्रो हुने भएपछि खुसी भएका हुन् ।

यसैबीच हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको छ । काठमाण्डौसहित देशका केही भागमा बिहानदेखि वर्षा भइरहेको हो ।

प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनचट्याङर हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १ : १६ बजे