दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

महन्थसहित चार नेतालाई निष्कासन गर्ने उपेन्द्र पक्षको निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र-बाबुराम पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई निष्कासन गरेको घोषणा गरेको छ ।

उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपा कार्यकारिणी समितिको बैठकले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको  घोषणा गरेको हो ।

यसअघि दुवै पक्षले एक अर्कालाई निष्कासनको चेतावनीसहित स्पष्टीकरण सोधिरहेका थिए । दुवै पक्षले पार्टीमा आफू बहुमत र वैधानिक भएको भन्दै आइरहेका छन् । जसपामा महन्त ठाकुर प्रथम अध्यक्ष हुन् । प्रथम अध्यक्ष ठाकुरको निर्देशन पटक पटक अवज्ञा गर्दै आइरहेका उपेन्द्र यादवले आफू कारबाहीबाट जोगिन सबैभन्दा पहिला आफैले कारबाही गरेको निर्णय गरेर विवाद बढाएका हुन् । 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  २ : २४ बजे