दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बरिष्ठताका आधारमा न्यायाधीश छनोट गर्न नियम संशोधन गर्ने सहमति

काठमाडौं । संबैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीशहरू राख्न नियम संशोधन गर्ने सहमति जुटेको छ । संवैधानिक इजलासमा छनोट भएका न्यायाधीशका विषयमा विभिन्न टिप्पणी भए पछि आज सर्वोच्च अदलातका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र सर्वोच्च बारका पदाधिकारीहरूबीच भएको बैठकमा सो सहमति जुटेको बताइएको छ ।

बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले संवैधानिक इजलाशमा वरिष्ठ न्यायाधीश तोक्ने विषयमा नियममा परिवर्तन गर्ने सहमति भएको बताउनुभयो ।

उहाँले संवैधानिक इजलाशमा वरिष्ठताका आधारमा न्यायाधीश तोक्ने र यसरी तोक्दा कुनै न्यायाधीशको कन्फिल्ट अफ इन्ट्रेस्ट् वा स्वास्थ्यका कारण आफू बस्न नसक्ने भए कारण उल्लेख गरी त्यस पछिको वरिष्ठतामा रहेका न्यायाधीशलाई तोक्ने सहमति भएको बताउनुभयो ।

उहाँले यसका लागि सर्वोच्चको फुल बेन्चबाट पास गरी एक हप्ता भित्रै सो नियम परिवर्तन गर्ने सहमति भएको बताउनुभयो । पत्रकारहरूले आजको निर्धारित सुनुवाइको विषयमा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफमा शाक्यले आजको इजलाश स्थगित हुन सक्ने बताउनुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  १२ : ५४ बजे