‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राजधानीमा थप एकसाता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं – काठमाडौँ उपत्यकाका तीनै जिल्लामा जारी रहेको निषेधाज्ञालाई प्रशासनले एक हप्ता थप्ने तयारी गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौँ उपत्यकामा कोरोनाभाइरस संक्रमणमा उल्लेखनीय कमी नआएको कारणले अझै एक हप्ताका लागि निषेधाज्ञा  लम्ब्याउने तयारी गरिएको  बताउनु भयो। आज दिउसो उपत्यकाका तीनै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको अवधि थप गर्ने  बताउनुभयो ।

अब थप हुने निषेधाज्ञा अवधिमा प्रशासनले खाद्य तथा किराना पसलहरु खुला राख्न अनुमति दिने तयारी गरेको छ । प्रशासनले जेठ २० गते मध्यरातसम्म कायम गरेको निषेधाज्ञा पश्चात जेठ २१ देखि कस्तो स्वरुपमा लैजाने बारे निर्णय आजको बैठकले गर्नेछ ।

हाल काठमाडौंमा १४ हजार ७९५ जना, भक्तपुरमा ४४०९ जना र ललितपुरमा ६३९१ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

​​​​​​

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ११ : ५८ बजे