दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

राष्ट्रपतिको पहलमा आठ लाख भेरोसेल खोप आज नेपाल आउँदै

काठमाडौं । चीन सरकारले दिएको १० लाखमध्ये ८ लाख डोज खोप  नेपाल आईपुग्दैछ । आठ लाख भेरोसेल खोप लिएर वाइडबडी जहाज आज दिउँसो २ बजे काठमाडौं अवतरण गर्देछ । चीन सरकारले अनुदानमा दिन लागेको भेरोसेल खोप लिन गएराति ११ बजेर ३० मिनेटमा नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज चीनको बेइजिङ उडेको थियो । जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिङपिङले उक्त खोप नेपाललाई अनुदानमा दिने घोषणा गर्नुभएको थियो ।

चीन सरकारले घोषणा गरेको उक्त खोप नेपाल वायुसेवा निगमको विमानले  ८ लाख र तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानमार्फत आजै ल्याइने कार्यतालिका भएको स्रोतले बताएको छ ।

भेरोसेल खोप एक पटक पनि नलगाएका नागरिकलाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिने मन्त्रालयको तयारी छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ७ : १२ बजे