दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

यस वर्षको एसईई परीक्षा नतिजा आन्तरिक मूल्यांकनबाटै गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले यस वर्षको एसईई परीक्षा नतिजा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार गर्ने निर्णय गरेको हो ।

कोरोना महामारी झन बढ्दै गएकाले विद्यार्थीलाई कोरोना संक्रमणबाट बचाउन सम्बन्धित विद्यालयलाई नै आन्तरिक मूल्यांकनबाट एसईई परीक्षा टुंगो लगाउने जिम्मेवारी दिइएको हो । राष्ट्रिय परीक्षा बोर्डले आइतबार मात्रै एसईई परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने मन्त्रालयलाई प्रस्ताव गरेको थियो । यस वर्षको एसइई जेठ १३ गतेलाई तोकिए पनि बढ्दो करोना महामारीका कारण हुन सकेको थिएन। गत वर्ष पनि परीक्षा सुरू हुनुभन्दा एक दिनअगाडि एसइई स्थगित गरिएको थियो।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ६ : ३७ बजे