साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अब चिनियाँ दम्पतीले तीन सन्तान जन्माउन पाउने

काठमाडौं –  चिनियाँ सरकारले त्यहाँका दम्पत्तीलाई अब तीन सन्तान जन्माउन अनुमति दिने तयारी गरेको छ ।

चीनले गरेको जनगणना अनुसार जन्म दरमा अत्यन्तै ह्रास आएको सरकारले यसप्रकारको अनुमति दिने तयारी गरेको हो ।

चीनले सन् २०१६ मा आफ्नो दशकौं पुरानो नीतिमा परिवर्तन ल्याउँदै एक सन्तान मात्रै जन्माउने पाउने ब्यवस्था बदलेर दुई सन्तान जन्माउन पाउने अनुमति दिएको थियो । तर सन् २०१६ मा उक्त नीति ल्याइएपनि जनसंख्या बृद्धिदर घट्दै गएको देखिन्छ । सन् १९७८ देखि २०२० सम्म चीनमा प्रति हजार जन्मदर मात्र सातदेखि आठको बीचमा रहेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले पोलिटब्यूरो बैठकमा उक्त प्रस्ताब स्वीकृत गर्नुभएको बीबीसीले उल्लेख गरेको छ ।

चीनले जनसंख्या बृद्धि दरलाई नियन्त्रण गर्न सन् १९७९ मा पहिलो पटक एक सन्तान नीति अपनाएको थियो । उक्त नीतिको बिरुद्ध दुई वा बढी सन्तान जन्माउने दम्पत्तीलाई जरिवाना तिर्नुपर्ने, रोजगारी गुमाउनुपर्ने वा गर्भपतन गराउनुपर्ने ब्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ५ : १७ बजे