दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

लुम्बिनी राष्ट्रिय सभा सदस्यमा दृगनारायण पाण्डे निर्वाचित

दाङ । लुम्बिनी राष्ट्रिय सभा सदस्यका लागि आज भएको उप निर्वाचनमा काँग्रेसका दृगनारायण पाण्डे निर्वाचित भएका छन्। 

पाण्डेले ५ सय ४६ मत भार अन्तरले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई पराजित गरेका हुन्। पाण्डेले स्थानीय तहतर्फ २ हजार १ सय २४ र प्रदेशसभा तर्फ २ हजार १६ गरी कूल ४ हजार १ सय ४० मत भार प्राप्त गरे। 

खड्काले स्थानीय तहतर्फ १ हजार ६ सय ७४ र प्रदेश सभातर्फ १ हजार ९ सय २० गरी कूल ३ हजार ५ सय ९४ मत भार प्राप्त गरे। कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो। 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ४ : ५९ बजे